श्रावण १८, २०७३- झापाको बुधबारेमा बालिकाको घाँटी रेटी हत्या गरेर फरार रहेका राजकुमार राजवंशी भारतको उत्तर प्रदेशमा पक्राउ परेका छन् ।
 
दुई साता अघि मावलघर बुधबारे-५ स्थित डिल्लीराम प्रसाईंको घरमा बलात्कारपछि  शान्तिनगर-१ की ११ वर्षीया तनुजा कोइरालाको हत्या भएको थियो । उनलाई बलात्कारपछि हत्या गरेर फरार रहेका घरमै श्रमिक काम गर्ने राजवंशीलाई प्रहरीको विशेष टोलीले उत्तर प्रदेशको नन्दीपुरबाट पक्राउ गरेको हो ।

‘अभियुक्त पक्राउ गरी ल्याइँदैछ,’  इलाका प्रहरी कार्यालय स्रोतले भन्यो, ‘भोलि सार्वजनिक गर्दैछौं ।’

प्रकाशित: श्रावण १८, २०७३

%d bloggers like this: